सिन्धुपाल्चोक, २९ जेठ । कोरोना भाइरस (कोभिड –१९) को संक्रमणलाई रोक्न सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर २ का युवाहरुले कोरोना सचेतना अभियान सम्पन्न गरेका छन् । ‘स्वास्थ्य नै धन हो’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै ‘दुई थोपा सेनिटाईजर सबैको हातमा ज्वरो नाप्दै साथमा’, ‘एक घर एक साबुन वितरण गरिन्छ है लास्टमा’ भन्ने नारा सहित अभियान शुरु भएको थियो ।
कोरोनाको माहामारी बढ्दै गरेको अवस्थामा स्थानीयको स्वास्थ्यमा कुनै खराबी नआओस् भन्ने ध्येयले जागरुक युवाहरु रामचन्द्र दुलाल, दिपक दुलाल र मधुकर चौलागाईंको अगुवाइमा सचेतना अभियान चलाइएको थियो । वडा भित्र भौतिकदुरी कायम गर्दै सम्पूर्ण घर दैलोमा पुगेर स्वास्थ्याकर्मीहरु, वडाका जनप्रतिनिधिहरु, स्वास्थ्य स्वयम्सेविका, टोल विकासका पदाधिकारीहरु लगायत अन्य शुभेच्छुकहरुको उपस्थितमा अभियान चलाइएको थियो ।
थर्मल गनको प्रयोग गरि ज्वरो नाप्ने, १ घर १ साबुन वितरण गर्ने, सेनिटाईजर लगाउन सिकाउने जस्ता कोरोना सचेतना फैलाउने अभियान सम्पन्न भएको अभियन्ता रामचन्द्र दुलालले बताएका छन् ।
साथै, नेपाली काङ्ग्रेस वडा ईकाई समितिसंगको समन्वयमा गरिएको यस अभियानका लागि आवश्यक पर्ने थर्मल गन, मास्क सेनिटाइजर ग्लोव्सको व्यवस्था पुर्व सुचना तथा सन्चार मन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको आग्रहमा मसिना खड्का भण्डारीले गर्नुभएको थियो ।
त्यसैगरी अन्य मास्क र ग्लोब्ससंगै स्वास्थ्य ईकाईको लागि पि पि ई सेटसंगै यस अभियानका अगुवा लगायत स्वास्थ्यकर्मीहरुको स्वास्थ्य बिमा मोहनबहादुर बस्नेतले गराउनु भएको अभियन्ता दुलालले बताउनु भयो ।
त्यस्तैगरी यस अभियानका अर्का अभियन्ता दिपक दुलालको आग्रहमा हाल कोरिया रहेका सन्दिप पाख्रीन र हाल कतारको दोहा रहेका रवि बजगाईले अभियानको लागि केही आर्थिक सहयोग उपलब्ध गराउनु भएको अभियन्ता मधुकर चौलागाईंले जानकारी दिनु भयो ।
यो अभियान नेपाली काङ्ग्रेस मेलम्ची नगरपालिका वडा नम्बर २ का ईकाई अध्यक्ष, वडा अध्यक्ष शन्तबहादुर तामाङ, वडा सदस्य गोमा दुलाल, स्वास्थ्यकर्मीहरु बिमला खरेल उप्रेती र रविना राउत, स्वास्थ्य स्वयंसेविका ईन्दिरा खतिवडा, टोल विकासका अध्यक्षहरु कृष्ण प्रसाद खतिवडा र भिमसेन दुलाल, टोल विकास सचिव डिल्ली खतिवडा संगै शुभेच्छुकहरु चित्र कुमार चौलागाईं (सि के), ज्ञानप्रसाद चौलागाईं, पुण्यप्रसाद दुलाल, शंकर खतिवडा, बम बहादुर बन्जारा, रामेश्वर दुलाल, छिरिङ तामाङ, रामचन्द्र बन्जारा, सुबास चौलागाईं, अनिश खतिवडा, रमेश चौलागाईं, स्वेता चौलागाईं, सन्दीप पाख्रीन, रवि बजगाई, सुमन दुलाल लगायत अन्य थुप्रै शुभेच्छुकहरुको प्रत्यक्ष अप्रत्यक्ष सहयोग अनि सहकार्य बाट मात्र सम्पन्न भएको हुनाले सहयोगी हातहरु धन्यवादको पात्र रहेको अभियन्ता दिपक दुलालले बताउनु भयो ।