विश्वकप आयोजनाको दौडबाट बाहिरियो ब्राजिल

  • 17
    Shares
विश्वकप आयोजनाको दौडबाट बाहिरियो ब्राजिल

एजेन्सी । ब्राजिलले सन् २०२३ मा हुने महिला विश्वकप फुटबल आयोजनाको दौडबाट हटेको जनाएको छ । कोरोना भाइरसको प्रभावका कारण ब्राजिलले महिला विश्वकप आयोजनाको दाबीबाट नाम फिर्ता लिएको हो ।

उसले कोरोनाका कारण फिफालाई आवश्यक पर्ने बित्तिय आश्वासन दिने स्थितीमा आफू नरहेको समेत बताएको छ । ब्राजिल फुटबल महासंघले आफूले आयोजनाको दाबीबाट बाहिर निस्कदै कोलम्बियालाई समर्थन गर्ने बताएको हो ।

महिला विश्वकपको दौडमा अब कोलम्बियासहित जापान तथा अष्ट्रेलिया र न्युजिल्याण्ड रहेका छन् । अष्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा प्रतियोगिताको आयोजना गर्ने दाबी पेश गरेका छन् ।