

–सविता आचार्य–
श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल ज्येष्ठ महिनाको २६ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत जुन महिनाको ८ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ । हेर्नुहाेस् आजकाे राशिफल:
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
भाग्य तथा समयले साथ दिने हुनाले सबै प्रकारका कामहरुबाट लाभ मिल्ने समय रहेको छ र माया प्रेमको गाठो कसिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिने समय रहेको छ र पैत्रिक धन तथा सम्पती हात लागी हुने योग रहेको छ तर पनि काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समय मध्ययम रहेकोले कुनै पनि व्यापार व्यावसायमा लगानी गर्नको लागि केहि दिन कुर्नुहोला आर्थिक व्यावस्थापनका लागी गरीने कामहरु अन्तिम निष्कर्षमा नपुगी बीचमा नै अवरुद्ध हुन सक्छन् ध्यान दिनुहोला र हरेक क्षेत्रमा अवसरवादी हावी हुनाले कामहरु समयमा सम्पन्न हुदैनन् र पढाइ लेखाइमा एकरुपमा नहुदा अरुभन्दा पछि परिनेछ र माया प्रेममा अविश्वास तथा धोका हुने अधिक सम्भावना रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापार व्यावसायबाट केही मात्रामा आम्दानी हुनेछ र मायाप्रेम तथा पति पत्नी बीचको सम्बन्धमा विश्वासको वातावरण मजबुत भएर जानेछ र पारिवारिक माहोलमा दिन बित्न तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ विद्या तथा प्रतिस्पर्धामा अरुलाई पछि पारी आफू अगाडी बढ्ने समय रहेको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आफन्त तथा मावली पक्षको सहयोग पाइने हुनाले कामहरु गर्न शरिरमा उर्जा पैदा हुनेछ र बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ र व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानी बाट यथेष्ट लाभ लिन सकिनेछ र अदालती निर्णयहरु तपार्ईँकै पक्षमा आउने भएको हुनाले न्याय पाएको अनुभुती हुनेछ प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अध्ययनमा मन जानेछ भने सफल हुने सुत्र पत्ता लगाउन सकिने हुदा नतिजा आफैतिर ल्याउन सकिनेछ व्यापार व्यावसायमा लगानी गरी धन तथा सम्पत्ति कमाउन सकिनेछ र माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ र आकस्मिक धन तथा सम्पती हात लागी हुने योग रहेकोछ र आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
सामाजिक काम गर्दा ध्यान दिनुहोला प्रतिस्पर्धीहरुले तपाईंको साख गिराउन खोज्नेछन् र खोज तथा अनुसन्धानमा दिइएको समयबाट भनेजस्तो उपलब्धी हासिल हुन मुस्किल रहेको छ र घर जग्गा तथा स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ भने आमा वा आफन्तसँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ र राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला समय मध्यम रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पढाइ लेखाइमा मनजाने हुनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ र भाग्यले साथ दिने हुनाले व्यापारबाट थोरै भएपनि आम्दानी हुनेछ र दाजुभाई तथा आफन्तसँगको सम्वन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ र सकारात्मक उपलब्धि हात लाग्नेछ न्यायिक निर्णय तथा कानुनी फैसलाहरु तपाईकै पक्षमा आउनेछन् ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बोलिको प्रभाव बढ्ने हुदा बोलिकै भरमा कामहरु हुनेछन् र कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च कदर हुनेछ र आफन्त तथा परिवारका सदस्यहरु तपाईको कामदेखि खुसी हुनेछन् र परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ लाको समय देखि रोकिएर बसेका कामहरु सुचारु गर्न सकिनेछ र माया प्रेममा सामिप्यता बढेर जानेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने हुँदा नाम कमाउँन तथा पद प्राप्तीको योग रहेकोछ र बिभिन्न विलाशी वस्तुको प्रयोग गरी मनग्गे आम्दानी हुनेछ आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरुबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ र माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वाताबरण बन्नेछ र पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
स्वास्थ्य सम्वन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ र न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन र अल्छी गर्ने बानीले कामहरु बिग्रन सक्छ माया प्रेममा मनमुटाव सिर्जना हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आफन्तजन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईनेछ माया प्रेममा सामिप्यता बडेर जानेछ व्यापार व्यावसाय सुचारु गर्न सकिनेछ र तरलपदार्थ जस्तै हाईड्रो,पानि जस्ता उद्योग व्यावसायमा लगानी गर्दा उचित प्रतिफल पाइनेछ सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ र बिद्यामा तपार्ईँले गरेको मिहिनेत खेर जानेछैन ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
कानुन सम्वत गरिने कुनै पनि कामहरु सौहार्दपुर्ण वातावरणमा सम्पन्न हुने हुँदा मान सम्मानमा बृद्धि भएर जानेछ राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेकोछ र प्रेम प्रसङ्गमा सामिप्यता बढेर जानेछ औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।