‘लकडाउन’संगै देशभरका मालपोत कार्यालय आजदेखि खुल्ने

‘लकडाउन’संगै देशभरका मालपोत कार्यालय आजदेखि खुल्ने

काठमाडौं, २५ जेठ । कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि सुरू भएको ‘लकडाउन’ले बन्द रहेका देशभरका मालपोत कार्यालय आजदेखि खुल्दैछन् ।

भूमिसुधार तथा व्यवस्थापन विभागले आवश्यक स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्दै कार्यालय खोल्न निर्देशन दिएपछि आजदेखि कार्यालयहरू खुल्न लागेका हुन् ।

‘लकडाउन’का कारण पछिल्लो समय देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवा अवरुद्ध भएको थियो ।