हेर्छे खालि ऐना
सानी बैनी मैना
अघि हेर्दा म छु
पछि कोही छैन
अचम्ममा पर्दै
हेर्छे खालि ऐना
सानी बैनी मैना
गाजल लगाई कोसमा
उघारेर नैना*
नक्कल पारी पारी
हेर्छे खालि ऐना
सानी बैनी मैना
अरू कोही हो र ?
हैन, हैन, हैन
मै त हुँ नि भन्दै
हेर्छे खालि ऐना
सानी बैनी मैना ।
– भोर्लेटार, लमजुङ
(२०७७/०२/२३)
•••••••••••••••••••••••••••••
* नैना = आँखा