पूर्वमन्त्री बस्नेतले पूरा गरे वाचा, गरिदिए सिन्धुपाल्चोकका सम्पूर्ण स्वास्थ्यकर्मीको जीवन बिमा (भिडियाे)

  • 1.2K
    Shares
पूर्वमन्त्री बस्नेतले पूरा गरे वाचा, गरिदिए सिन्धुपाल्चोकका सम्पूर्ण स्वास्थ्यकर्मीको जीवन बिमा (भिडियाे)

रामचन्द्र दुलाल

सिन्धुपाल्चोक, २२ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरुको म्यादी जीवन बिमा गराइदिनु भएको छ ।

जोखिम मोलेर विरामीको उपचारमा खटिएका जिल्लाभरका हस्पिटल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकीमा कार्यरत डाक्टरदेखि सम्पुर्ण तहका ६ सय १३ जना स्वास्थ्यकर्मीको कोरोना बिमा (सामुहिक म्यादी जीवन बिमा) पूर्व मन्त्री बस्नेतले गराइदिनुभएको हो ।

जिल्लामा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मीहरुको लागि घोषणा गरिएको म्यादी स्वास्थ्य बिमाको फाइल र स्वास्थ्य सामाग्री जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईंलाई पुर्वमन्त्री बस्नेतले बिहीबार सिन्धुपाल्चोक सदरमुकाम चौतारामा हस्तान्तरण गर्नुभयो ।

कोरोनाको महामारीमा अहोरात्र नागरिकको सेवामा खट्ने सम्पूर्ण स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न यो निर्णय लिएको पूर्वमन्त्री बस्नेतले राष्ट्रवाणी डट कमलाई बताउनु भयो ।

आइएमइ जनरल इन्स्योरेन्स कम्पनीमार्फत गरिएको उक्त बिमाको बिमालेख जिल्ला जनस्वास्थ्य कार्यालयको नाममा हुने र बिमाको अवधि एक बर्षको हुने कम्पनीले जनाएको छ ।

प्रतिब्यक्ती एक लाख रकम बराबरको उक्त विमा रकमको भुक्तानी स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको खण्डमा तत्काल उपलब्ध गराइने आइएमइ जनरल इन्स्योरेन्स कम्पनीका प्रवन्धक नारायण खनालले राष्ट्रवाणी डट कमलाई बताउनु भयो ।

सरकारले लकडाउन घोषणा लगत्तै पूर्वमन्त्री बस्नेतले जिल्लाका अधिकांश स्वास्थ्य संस्थालाई पीपीइ,माक्स, ग्लोवस, सेनिटाइजर लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउनु भएको थियो। नेता बस्नेतले बाह्रविसेका सडक मजदुरलाई राहत समेत उपलब्ध गराउनु भएको थियो ।

साथै कोरोनाका कारण पहिलो पटक नेपालमा ज्यान गुमाएकी बाह्रबिसे ९ राम्चेकी २९ बर्षीय सुत्केरी महिलाको शिशुको पालन पोषण र शिक्षा दीक्षाको जिम्मेवारी पूर्वमन्त्रीले लिनुभएको छ । त्यस्तै बच्चाको लालनपालन र पौष्टिक आहराको लागि नेता बस्नेतले आफ्नोतर्फबाट रु ५० हजार र बेलायत बस्दै आएका पार्वती गुरुङ र माया गुरुङले पठाएको ५० हजार गरी १ लाख रुपैयाँ अभिभावकलाई हस्तान्तरण गर्नुभएको थियो ।

भिडियाे हेर्नुहाेस्