–बलिराम गुप्ता–
नेपाली सुरक्षाकर्मीको साहस, इमान्दारिता, कर्तव्यनिष्ठ जस्ता उपमाको व्याख्या गरिहनु पर्दैन । नेपालको माटोलाई जोगाउनु पर्दा होस् वा प्रथम र द्धितिय विश्व युद्धमा लडाई गर्दाको समयमा होस् । कहिल्यै नेपालीको शिर निहुरिन दिएनन् । बरु विभिन्न चक्र र पदकबाट विभुषित भए ।
आफु आँसु झार्न भए पनि त्यो आँसुमा डरपना ,लोभपना जस्ता कुकृत्य संज्ञालाई समिष्सर्ण गर्न दिएनन् । हो त्यही साहसी , बहादुर, इमान्दार, कर्तव्यपरायण्ता जस्ता विभुषित शव्दहरुले रक्तसंचार गराएको भुगोलमा अस्तित्वको खोजीमा रमाईरहेको व्यतित्वहरु हौ हामी । मलाई गर्व लाग्छ नालापानीको लडाईमा बलभद्र कुँवरको बहादुरीको नाम लिदाँ ,मलाई गर्व लाग्छ ती सिमाको सुरक्षामा आफ्नो रगतको प्रवाह नगरीकन आफ्नो माटो जोगाउन तल्लिन देवनारायण यादव प्रति । मेरो मनमा सहानुभुति जाग्छ ती ७० वर्षीय बृद्ध बाघ भिमसेन प्रति जो भुमिको सुरक्षाको लागि लडाईमा खटिरहे । यस्ता अनेकौ उदाहरणहरुले भरिएको व्यक्तित्वहरुको देश हो नेपाल ।
(तस्बिरको स्रोत–फेसबुक)
आज हामी गर्व गर्छौ हाम्रो देश नेपाल भनेर तर भुल्नु हुन्न पश्चिमी सिमाको सुरक्षाको लागि पानी नखाई पनि भूमि जोगाउन योगदान गरेका भक्ति थापा प्रति । नालापानीको लडाईमा अँग्रेजसँग देखाएको बहादुरीमा कहिल्यै भुलिन्न ती लडाईमा भाग लिने योद्धाहरुलाई । कहिल्यै भुलिन्न ती महान शहीदहरुलाई जसको त्याग र तपस्याले सिर्जेको मुलुक हो हाम्रो देश नेपाल । कहिल्यै बिर्सन हुन्न ती मधेशीहरुलाई जो आज सिमाको सुरक्षाको कवचको रुपमा बसेर सिमा जोगाईरहेका छन् ।
(तस्बिरको स्रोत फेसबुक)
एकपटक बिन लादेनले भनेका थिए ‘यदि मसँग गोरखाली सेना भएको भए अमेरिकालाई काचै खाइदिन्थे ।’ अर्थात् सुरक्षामा तल्लीन बफादार सुरक्षाकर्मी लाई सलाम । यही सन्दर्भमा अली फरक प्रसंग जोडदा याद आउछ रुपन्देहीको सुनौलीमा कोरोना विरुद्धको लडाईमा अनवरत सहयोग गरिहेका मेरो मित्र अविनास गुप्तालाई । उनलाई मैले फोन गर्दा उनको जवाफ थियो ‘म कोरोनाको विरुद्धको लडाईको लागि म सुरक्षाकर्मीको हैसियतले जे पनि गर्न तयार छु ।’ यही क्रममा मैले केही दिन अगाडी सिमामा कोरोना बिरुद्धको लडाईको लागि सुरक्षाकर्मीलाई हेर्दा आफ्नो ज्यानको प्रवाह नगरी सिमामा सहयोग गर्दा मलाई सुरक्षाकर्मी प्रति गर्व लाग्यो । पानी परिरहदाँ पालको ओतले शरीर भिज्न नदिई र बाँसको तल कहिलेकाही घामबाट बच्ने सहारा लिई हामीलाई कोरोनाबाट सुरक्षाको प्रत्याभुति दिलाईरहेका । यति मात्रै हैन दिन र रात नभनी चाउचाउ र बिस्कुटको सहाराले कयौ घण्टा काममा व्यस्त कोरोना विरुद्धको सिपाहीहरुलाई सलाम ।
ती टन्टलापुर घाममा कोरोना बिरुद्ध हाम्रो सुरक्षाको लागि लडिरहदाँ आज हामी चैनको स्वास लिईरहेका छौ । नत्रभने हामीकहाँ पनि अमेरिका र इटाली जस्तो दुःख आउन सक्दथ्यो । अहिलेको वर्तमान परिस्थितिमा कोरोना बिरुद्धको लडाइमा सुरक्षाकर्मी, डाक्टर, नर्स लगायतले अग्रपंक्तिमा बसेर काम गरिरहेकोले हामी सुरक्षित महसुस गरिरहेका छौ । नत्रभने हामी विभिन्न दुःख भोग्न बाध्य हुन्थ्यौ । हामी राष्ट्रियताको कुरा गर्छौ , सुरक्षाकर्मी विनाको राष्ट्रियताको कल्पना गरौं त । के हाम्रो राष्ट्रियता मजबुत हुन्छ ? अवश्य पनि हुदैन ।
राष्ट्रियता भनेको भुगोल मात्रै हैन त्यहाँ बसोबास गर्ने जनता, राष्ट्र, सरकार, सुरक्षाकर्मी इत्यादिहरु पनि पर्दछन् । अनि मात्रै राष्ट्रियता मजवुत हुन्छ । हामी यो सम्बन्धमा जुनसुकै देशको कुरा गर्न सक्छौ चाहे त्यो इजरायल होस् वा अमेरिका वा छिमेकी राष्ट्र भारत । अहिले कोरोना विरुद्धको लडाईमा सुरक्षाकर्मी, डाक्टर, नर्सलगायत हाम्रो सुरक्षाको कवच को रुपमा आफुलाई उभ्याई हामीलाई कोरोना बाट जोगाईरहेका छन् ।
‘२४ घण्टा खटेर आम जनतालाई कोरोनाबाट बचाईरहेका सुरक्षाकर्मीहरुलाई जनताको तर्फबाट सलाम । घाम पानी र असिनाको प्रवाह नगरी ज्याननै मृत्युको शैयामा राखेर लडिरहेका सुरक्षाकर्मीहरुको महत्व भनेर पुग्दैन् र वहाँहरुको काम सराहनिय छ । ’
कोरोनाको विरुद्धको लडाई नेपालको लागि मात्रै नभई यो विश्वको लडाई हो । जसको कारण आज हामी सुरक्षित महसुस गरिरहेका छौ उहाँहरुलाई इतिहासले कहिले भुल्ने छैन र कोरोनाविरुद्धको लडाईमा विश्व चाडै नै विजयी होस् भन्ने कामना पनि गर्दछु ।
‘विश्व नै कोरोनाबाट लडिरहेको अवस्थामा सुरक्षाकर्मी,डाक्टर ,नर्स लगायत फ्रन्ट लाईनमा बसेर काम गर्ने व्यक्तित्वहरु प्रति नमन । आज उहाँहरुको सहयोगले सुरक्षित महसुस गरिरहेका छौ । यो लडाई हामी सबै मिलेर लडयौ भने सफल हुन्छौ अन्यथा मृत्यु शैयामा पुग्न बाध्य हुन सक्छौ ।’
पक्कै पनि आज कोरोनाको महामारीले गुर्जिरहेको विश्वलाई एक चोटी सुरक्षाकर्मीको ठुलो सहयोग लिन परिरहेको छ । प्राकृतिक प्रकोप होस् वा अरु कुनै आपतमा सुरक्षाकर्मीको ठुलो सहयोग रहेको हुन्छ । चिनको वुहानबाट सुरु भएको कोभिड १९ ले विश्वलाई नै हल्लाएको छ । यतिसम्म कि अमेरिकाको विशेष क्षेत्र भनिएको चेनभन्ज्याङमा सुरक्षाकर्मी राख्नुपर्यो । चेनभन्ज्याङ सुरुङ अमेरिकी सैनिकको सुसज्जित क्षेत्र हो । कोरोनाको सन्दर्भलाई जोड्ने हो भने सुरक्षाकर्मीकै सहयोगमा भारतमा कोभिड १९ केही हदसम्म नियन्त्रणमा रहेको छ ।
नेपाली सुरक्षाकर्मीले वि स २०७२ सालको भुकम्पमा धेरै जनाको ज्यान जोगाउन सफल भएका थिए । त्यस्तै केही वर्ष पहिले नेपालको पुर्वी क्षेत्रमा गएको बाढीमा पनि सम्झन लायकको सहयोग गरेका थिए । यस्ता सयौं कामहरुको संयोजक र प्रतिविम्व हो सुरक्षाकर्मी । अन्त्यमा कोरोना विरुद्धको लडाईमा अभ्यस्त सम्पूर्णमा नमन ।
(नवलपरासी प्रतापपुर गापा –९, पजरकट्टी घर भएका लेखक शिक्षा ,अर्थ र कृषि सँग सम्बन्धित विषयमा विषयमा कलम चलाउँछन् ।)