सलमान खानको नेपालमा हुने कार्यक्रम रोक्न विप्लव माओवादीको माग (विज्ञप्ति हेर्नुहोस्)

सलमान खानको नेपालमा हुने कार्यक्रम रोक्न विप्लव माओवादीको माग (विज्ञप्ति हेर्नुहोस्)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी अर्थात् नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बलिउड सुपरस्टर सलमान खान नेपाल आएर गर्ने भनिएको कार्यक्रम तत्काल रोक्न माग गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै नेपालको स्भाविमान रक्षाका निम्ति पनि उक्त कार्यक्रम रोक्नुपर्ने उक्त पार्टीले जिकिर गरेको छ ।

नेपालको स्वाभिमानको रक्षार्थ पनि सलमान खानसहित भारतीय कालाकारको नेपालमा हुने भनिएको कार्यक्रम रोक्न अनिवार्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आगामी फागुन २६ गते बलिउड स्टार सलमान खानको उपस्थितिमा सैनिक मञ्च टुंडिखेलमा कार्यक्रम हुँदैछ ।