श्री राधा माधव समिति नेपालद्वारा प्रेमोपहार प्रदान

श्री राधा माधव समिति नेपालद्वारा प्रेमोपहार प्रदान

–मुकुन्द अर्याल–

काठमाडौं, २२ जेठ । श्री राधा माधव समिति नेपाल र यससंग सम्वध्द डिभाईन युथ क्लव नेपाल तथा डिभाईन क्लव वल्र्डवाइड यु.एस.ए.द्वारा नेपाल र अमेरिकाका विभिन्न स्थानमा कोभिड १९ बाट प्रभावित जनहरुलाई हरिगुरुको प्रेमोपहारको रुपमा कोभिडको प्रतिकार्यमा सघाउने जीवनोपयोगी सामाग्रिहरु प्रदान गरियो ।

यसैक्रममा श्री राधा माधव समिति नेपाल तथा डिभाईन युथ क्लव नेपाल हेटौडाद्वारा कोभिड १९ विरुध्दको प्रतिकार्यमा जिल्ला प्रहरी कार्यालय मकवानपुर हेटौडा , प्रहरी चौकी चौघडा र प्रहरी चौकी रामधुनीमा अहोरात्र खटिइरहनुभएका सुरक्षाकर्मीहरुलाई मास्क ,मिनरल वाटर , सावुन लगायतका उपयोगी सामाग्रि प्रदान गरियो ।

यसैगरि श्री राधा माधव समिति नेपाल सम्वध्द अमेरिकास्थित सत्संग केन्द्र तथा डिभाईन क्लव वल्र्डवाइड यू .एस. ए.द्वारा भर्जिनिया र मिनेसोटा राज्यमा कोभिड १९ प्रभावित नेपाली विद्यार्थीलाई र कोलोराडोमा प्रभावित जनसाधारणलाई हरिगुरुको प्रेमोपहारको रुपमा जीवनोपयोगी सामाग्री वितरण गरियो ।

स्मरण रहोस् जगद्गुरु श्री कृपालुजी महाराजका एकमात्र नेपाली प्रचारक स्वामी श्रीहरिदासजीको प्रेरणा तथा श्री राधा माधव समिति नेपालका अध्यक्ष संगीता दिदीको मार्गनिर्देशनमा संचालित विशुद्ध गैर नाफामूलक आध्यात्मिक संस्था श्री राधा माधव समिति नेपाल र यस अन्तर्गतका स्वदेश तथा विदेशमा संचालित सत्संग केन्द्र तथा यस सम्वध्द भातृ संगठनहरु श्री कृपालु महाप्रभुको भक्ति साधना र मानव सेवालाई एकसाथ अघि बढाउने मार्गनिर्देशनलाइृ आत्मसात गर्दै हरेक कठिन घडीमा विपत प्रभावितहरुलाई सघाउने कार्यमा . क्रियाशील रहंदै आएका छन् ।