यस्तो छ संसदीय दलको नेता छान्न कांग्रेसको तयारीः २० गते उम्मेदवारी दर्ता

यस्तो छ संसदीय दलको नेता छान्न कांग्रेसको तयारीः २० गते उम्मेदवारी दर्ता

काठमाडौं, १५ फागुन । प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधि सभामा संसदीय दलको नेता चयनका लागि २० गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरेको छ ।

दलको नेता चयनका लागि निर्वाचन २० गते हुने भएको हो । संसदीय दल नेता चयन कार्यदलका संयोजक चीनकाजी श्रेष्ठका अनुसार कार्यदलको बैठकले १८ गतेको बैठकपछि निर्वाचनको अन्तिम कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय समितिको आइतबार बसेको बैठकले संसदीय दलको नेता चयनका लागि श्रेष्ठको संयोजकत्वमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्दम्बे कार्यसमिति बनाएको थियो।