राष्ट्रियताको पक्षमा कांग्रेसको दृढता, संविधान संशोधनको पक्षमा मतदान गर्न सांसदहरुलाई निर्देशन (भिडियो)

राष्ट्रियताको पक्षमा कांग्रेसको दृढता, संविधान संशोधनको पक्षमा मतदान गर्न सांसदहरुलाई निर्देशन (भिडियो)

काठमाडौं, १७ जेठ । संसदको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सार्वजनिक गरेको नक्सा र संविधानको अनुसुचीलाई संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको छ ।

पार्टी कार्यालय सानेपामा शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको प्रस्तावमा संविधान संशोधनका पक्षमा मतदानका लागि कांग्रेस संसदीय दललाई निर्देशन दिएको हो ।

कालापानी,लिपुलेक र लिम्पियाधुराको भुभाग समावेश गरि नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

प्रवक्ता शर्माले नेपालको भूमि फिर्ता गर्न भारतसंग उच्चस्तरीय राजनीतिक तथा कुटनीतिक पहल गर्नुपर्ने र यस बिषयमा सरकारलाई सहयोग गर्ने बताउनुभयो । संविधान संशोधनका बारेमा कांग्रेसलाई बिभिन्न आरोप लगाइएको भन्दै उहाँले राष्ट्रियताकाबारेमा कांग्रेस दृढ रहेको बताउनुभयो ।

त्यस्तै बैठकले कोरोना रोकथाम नियन्त्रण र रोकथामका लागि पर्याप्त पहल गर्न र पिसिआरको जाँच र भेन्टिलेटरको संख्या बढाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ । त्यस्तै बिदेशमा रहेका नेपालीको अविलम्व उद्धार गर्न पनि कांग्रेसले माग गरेको छ ।

भिडियाे हेर्नुहाेस्