–मुकुन्द अर्याल–
काठमाडौं, १६ जेठ । डिभाईन युथ क्लव नेपाल कास्की र श्यामा श्याम सत्संग केन्द्र पोखराद्वारा पोखरा महानगरपालिका वडा नम्बर ८ सिमलचौरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटि कास्कीको प्राविधिक सहयोगमा संचालित उक्त कार्यक्रममा ३१ जना रक्तदाताले रक्तदान गर्नुभएको छ । कोरोना भाइरस (कोभिड–१९) को कारण सृजित रक्त अभावलाई दृष्टिगत गरी मास्क तथा शारीरिक दुरीजस्ता कोभिड रोकथामका न्यूनतम शर्त पालना गर्दै संचालित कार्यक्रममा स्थानीय वडाध्यक्ष रुद्रनाथ वराल ,नेपाल रेडक्रस सोसाईटि कास्किका सभापति डोलराज पाण्डे , पोखरा रक्त संचार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीको उपस्थिति थियो ।
यसैगरी डिभाईन युथ क्लव नेपाल घोराही दाङद्वारा स्थानीय कोरोना भाईरस रोकथाम तथा नियन्त्रण कोषको लागि रु ११ हजार १ सय ११ को चेक स्थानीय घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीलाई हस्तान्तर गरिएको थियो ।
स्मरण रहोस् जगद्गुरु श्री कृपालुजी महाराजका एकमात्र नेपाली प्रचारक स्वामी श्रीहरिदासजीको प्रेरणा तथा श्री राधा माधव समिति नेपालका अध्यक्ष आदरणीय संगीता दिदीको मार्गनिर्देशनमा संचालित विशुद्ध गैर नाफामूलक आध्यात्मिक संस्था श्री राधा माधव समिति नेपाल अन्तर्गतका सत्संग केन्द्र र यस अन्तर्गतको भातृ संगठन विद्वत समाज नेपाल एवं डिभाइन युथ क्लब नेपालले साधक सदस्यहरुको स्वेच्छिक योगदानबाट संकलित श्रोतबाट कोभिड–१९ को कारण असहज अवस्थामा रहेका अशक्त, असहाय तथा दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्नुपर्ने परिवारलाई नेपाल सरकारका विभिन्न निकायहरुसंग समन्वय गरी राहतस्वरुप नगद तथा खाद्य सामग्री सहयोग गर्दै आएका छन् ।