थप ७२ जनामा कोरोना संक्रमण देखियो, कुल संक्रमितको संख्या ६७५ पुग्यो

थप ७२ जनामा कोरोना संक्रमण देखियो, कुल संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौं, १२ जेठ । नेपालमा थप ७२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ६७५ जना पुगेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सोमवार पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका रहेका छन्। सोमवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै थप सङ्क्रमणको पुष्टि गरेको हो।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीअनुसार रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र कपिलवस्तुमा ३–३ जना कोरोना संक्रमित फेला परेका हुन् । यस्तै सप्तरीमा २ जना र बर्दियामा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंको टोखा नगरपालिका ३ र ६ तथा बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा संक्रमित फेला परेका छन् ।

त्यसैगरी रौतहटको राजपुर परहदवा– २, ६ र ८ तथा इशनाथ– २ मा संक्रमित फेला परेका छन् । बाराको गढीमाई नगरपालिकामा २१ जना र कलैया नगरपालिका कोटवाली–१ मा २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

त्यसैगरी सप्तरीको डाक्नेश्वरी गाउँपालिकामा २ जना र धनुषाको नगराइन नगरपालिका – ३ मा तीन जनामा संक्रमण पुष्टि भएको छ । बर्दियाको बाँसगढी–९ मा एक जना, बाँकेको राप्ती सोनारी–७ र डुडुवा २ मा चार जनामा कोरोना संक्रमण भेटिएको छ ।

त्यसैगरी दैलेखको नारायण नगरपालिकामा ४ जना, गुराँस गाउँपालिकामा २ र ढुंगेश्वर गाउँपालिकामा १ जनामा कोरोना पुष्टि भएको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्ती