थप ३६ जनामा देखियो कोराना, कुल संक्रमितको संख्या ५ सय ८४ पुग्यो

थप ३६ जनामा देखियो कोराना, कुल संक्रमितको संख्या ५ सय ८४ पुग्यो

काठमाडौं, १० जेठ । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित थप ३६ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको वानकारीअनुसार विभिन्न जिल्लामा थप ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका छन् ।

नियमित मिडिया ब्रिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको जानकारीअनुसार थपिनेमा सुर्खेतका ३ जना, बैतडीका ४ जना, झापाका १, बाँकेको नरैनापुरका २७ जना, बर्दियाका १ जना छन्। योसँगै कोरोना संक्रमितको कुल संख्या ५८४ पुगेको छ। पुरुष ५०५ र महिला ७९ जना छन् । कुल संक्रमितमध्ये ३ जनाको मृत्यु भएको छ भने ७० जना निको भएर घर फर्किएका छन्।