…होइन भने अन्तर्राष्ट्रिय अदालतमा भेटौंला ठूल्दाइ

…होइन भने अन्तर्राष्ट्रिय अदालतमा भेटौंला ठूल्दाइ

-दिनेशविक्रम थापा-

प्रिय ठूल्दाइ
जय नेपाल ।

आज विश्व कोरोना आतंकले आतंकित छ । तिम्रो घरआगनमा पनि कोराना आतंकका काला र भयानक फूलहरु फूलिरहेका छन । म निकै दुःखी भएको छु । यो आतंकवाट छिटो छुट्कारा मिलोस् भनि पशुपतिनाथसंग प्रार्थना गरिरहेको छु । भरखरै सामुन्द्रीक चक्रवातको निर्मम आतंकको वज्रपात थपिएको छ । यसमा पनि म निकै दुःखी वनेको छु । विश्वास गर्दछु कि सव विस्तारै सामान्य हुने छ ।

आज म नितान्त तिम्रो र मेरो सीमाका वारेमा लेख्दैछु । अहिलेसम्म तिमीलाई यसरी कहिल््यै केहि लेखेको थिइन । तर यो पटक मेरो मन फाटेको छ अलिकति तिमीसंग र वाध्य भएर आसुंको मसीले आत्म स्वाभिमानको कापीमा यो पत्र लेखेर पठाएको छु । यसको रेस्पोन्स हुन्छ कि हुदैन म जान्दिन तर मेरो भावना तिमीले वुझ्ने छौं भन्ने विश्वास पालेको छु ।

हाम्रो सम्वन्ध निकै पुरानो हो । यो निकै प्रगाढ पनि छ । हरेक दुख र सुखमा हामी एक छौ । यसमा कुनै शंका छैन । तर तिमीले कुनै न कुनै रुपमा सानो र गरीव छिमेकीको हुर्मत लिन छाडेका भने छैनौ । मेरा पूर्खाहरुको भोगाइ र मेरो भोगाइवीच अन्तर हुन सक्छन । पीडाका घाउहरुको आकार फरक हुन सक्छन । तर हामी तिम्रो हेपाहा र मिचाह प्रवृत्तिको शिकार भने निरन्तर वनिरहेका छौं । यो सत्य हो । तिमी सोच्दछौ कि ठूलो माछाले साना माछालाई खान्छ यो स्वभाविक हो । सिक्कीम निलेर तिमीले यो प्रमाण दिएका छौं । वलियाले निर्धालाई आफनो अधिनमा राख्छ यो स्वभाविक हो । भूटानमा तिम्रो हस्तछेप यसको प्रमाण हो । तर हरेक साना माछाको अस्तित्व ठूलाले स्वीकार गर्नु पर्दछ । हरेक वलियाले निर्धाको शक्तिको सम्मान गर्नु पर्दछ । यो नै जीवन सत्य हो ।

नेपाल सानो छ, तर कमजोर छैन । स्याल हुइयाले तर्सने र पिठ्यु फर्काएर भाग्ने संस्कार नेपालीको होइन । यो कुरा नवुझेको हो भने वुझ ठूल्दाइ र खुरुक्क छाडिदेउ हाम्रो भूमि । असल छिमेकी हाैं र अप्ठेरोमा तिमीलाई प्रयोग गर्न मात्र दिएका थियौ हाम्रो भूमि । त्यसो त तिमी जवरजस्ती पसेका हौ मेरो भूमिभित्र र परेड खेलाएका हौं तिम्रा सेनालाई चीनका विरुध्दमा । तर तिम्रो नियत ठिक रहेन र निर्लज्ज वसिरहेछौ । अप्ठेरो फुकेपछि तिमी आफैले धन्यवाद दिएर हाम्रो भूमि फर्काउनु पर्ने कर्तव्य होइन र ? तिम्रो नियतमा शंका गर्न सकेनन् मेरा पूर्खाले भन्दैमा अव म चुपचाप वस्न सक्दिन । तिमी ठूला छौ । तिमी धनी छौ । तिमी शक्तिशाली पनि छौ । त्यो म मान्दछु । तर तिमी लुच्चो हौ । तिमी छुच्चो हौं । तिमी दम्भी हौ । तिम्रो नियतमा खोट छ । यो पनि म मान्दछु । अरु छिमेकीहरु पनि मान्दछन् ।

ठूल्दाइ,
४ मार्च १८१६ सनको सुगौली सन्धिअनुसार नेपालको पश्चिमी सीमाना लिम्पियाधुरा हो । कालीनदीको उद्गमस्थलवाट पूर्वका गुन्जी , नाभी , कुटी ,लिपुलेक र कालापानी ने्पालको हो । कालापानीमा तिमीले सेना राखेर अतिक्रमण गरेको होइन कसरी भन्न सक्छौ ? मलाई थाहा छ ठूल्दाइ तिमीले यो भूभाग जवरजस्ती हडपेका हौ । काली नदीको नाम फेर्न कत्ति लाज लागेन है । काली मन्दिर वनाएर लिपुखोलालाई काली कसरी भन्न सकेको हं ? छिमेकीको अनुपस्थिति हुदैमा सवै आफ्नो हो भन्ने कसरी भ्रम पालेको छ्रया । तिमीले किन यतिविधि हेपेकोहेपै छौ दाइ ? मलाई राम्ररी थाहा छ २०७२ को भुकम्पताका सुटुक्क चीनसंग लिपुलेकका वारेमा सम्झौता गरेका छौ रे । त्यहिताका मेरो देशको संविधान जारी गर्दा तिम्रो हस्तछेपको चरमरुप र नाकावन्दीको तिम्रो उपहार मैले कहिल्यै भुलिल्दन । अहिले कोरोनाको आतंक चलिरहंदा मेरो भूभाग तिम्रो नक्साभित्र पारेर सार्वजनिक गरेका छौ । मेरो भूमिमा लाज नमानि वाटो खनेर अगाडि वढेका छौं । आफूले हडपेको भूमि आफनो दावी गरिरहेछौं । जव मैले मेरो भूमी समेटेर देशको नक्सा सार्वजनिक गरे अनि वल्ल निद्रावाट व्यूझियौं र वरवराउन थालेका छौ । धम्काउन थालेका छौ । मेरो भूगोल सानो हुन सक्छ तर मेरो सार्वभौमसत्ता सानो हुनै सक्दैन् ।

अझै सीमानाका धेरै असहमति छन् तिमीसंग ठूल्दाइ । मैले यो पत्रमा सुस्ताको कुरा उठाएकै छैन । झापादेखि कंचनपुरसम्म विनाअर्थ मेरो भूमितिर सरीरहने जंगे पिलरको कथा लेखेको छैन । इलाम र पांचथरतिर तिमीले मिचेको भूभागको विवरण राखेकै छैन । धेरै हिसावकिताप गर्न वाकी नै छ । अहिलेलाई चन्द्रसूर्य झण्डा उठाउदै विनितभावमा भन्दै छु कि मसंग प्रमाण छन । यि मेरा भूभाग हुन् त्यसैले कालापानीवाट तिम्रा सेना फिर्ता लैजाउ र ससम्मान छाडेर जाउ , होइन भने अन्तर्राष्ट्रिय अदालतमा भेटौला । अहिलेलाई यत्तिनै । फेरी भेटौला ।

२०७७ । २ । ८
तिम्राे शुभचिन्तक,
दिनेश नेपाली