थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको सङ्ख्या ४ सय ८७ पुग्यो

थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको सङ्ख्या ४ सय ८७ पुग्यो

काठमाडौं, ९ जेठ । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण थप ३० जनामा पुष्टि भएको छ। यो सँगै कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाहीमा १५, कपिलवस्तुमा ९, चितवनमा २, नवलपरासीका ३, नवपरासी पूर्वका १ जनामा कोरोना संक्रमण देखिएको हो।

सर्लाहीको गौडेता नगरपालिका र रामनगर बहुअर्वा नगरपालिकामा कोरोना संक्रमण देखिएको छ। त्यहाँका २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८ र ३९ वर्षका पुरुष र १८ वर्षकी महिलामा कोरोना संक्रमण भएको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षका पुरुष र ८ वर्षकी बालिकामा कोरोना संक्रमण देखिएको छ।

यसैगरी, नवलपरासीको सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिकाका ३३ र ३५ वर्षका पुरुष र १५ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको छ । नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका– ६ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ। चितवनको भरतपुर महानरगपालिका–६ का ७४ वर्षीय पुरुष, ७३ वर्षीया महिलामा कोरोना संक्रमण भएको छ।

कोरोना संक्रमण पुष्टि भएकामध्ये अहिलेसम्म ४९ जनालाई सन्चो भइसकेको छ । त्यस्तै बाँकेको सुशील कोइराला क्यान्सर अस्पतालमा उपचाररत २१ जना निको भएर आज डिस्चार्ज हुँदैछन् । संक्रमण पुष्टि भएकाहरुमध्ये बाँके, सिन्धुपाल्चोक र गुल्मीका एकरएक जना गरी ३ जनाको मृत्यु भएको छ ।