थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ सय ५३ पुग्यो

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ सय ५३ पुग्यो

काठमाडौं, ८ जेठ । कोरोना भाइरस (कोभिड–१९) बाट ९ जना संक्रमित थपिएका छन् । झापामा ८ जना र रुपन्देही मा १ जनामा आज कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ ।

झापाको कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

हालसम्म जम्मा ४ सय ५३ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ । जसमा ३ सय ८३ पुरुष र ७० महिला हुनुहुन्छ । अहिलेसम्म नेपालका ३८ जिल्लामा कोरोना संक्रमण पुगेको पाइएको छ । आज थप ४ जना डिस्चार्ज भएका छन्। उनीहरु संक्रमणको नवौं दिनमा डिस्चार्ज भएका हुन् ।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४९ जना निको भएका छन् । हालसम्म सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीको एक गरी ३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३८ हजार ७ सय ३६ परीक्षणहरु भएकाे छ ।

भिडियाे हेर्नुहाेस्