नेपालमा कोभिड–१९ बाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि (भिडियो)

नेपालमा कोभिड–१९ बाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि (भिडियो)

काठमाडौं, ४ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट दोस्रो व्यक्तिको पनि मृत्यु भएको पुष्टि भएको छ । बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ ।

आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको मृत्यु भएको थियो । उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा‍. देवकोटाले बताउनुभएको छ ।

वैशाख ३० गते भारतबाट आएका युवाको नरैनापुरको दीपेन्द्र मावि क्वारेन्टाइनमा नै आइतबार बिहान उनको निधन भएको थियो।

अपडेट भिडियाे हेर्नुहाेस्