सीमा अतिक्रमणको विरोधमा एकाबिहानै निस्क्यो काँग्रेसको जुलुस

सीमा अतिक्रमणको विरोधमा एकाबिहानै निस्क्यो काँग्रेसको जुलुस

रामचन्द्र दुलाल

बाह्रबिसे, ३ जेठ । नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्रीय समितिले भारतीय विस्तारवाद र सीमा अतिक्रमण विरुद्ध जुलुस निकालेको छ । भारतले नेपालको सीमा अतिक्रमण गरेको विरोधमा काँग्रेसले जुलुस निकालेको हो ।

भ्रष्टाचार मौलाउँदै गएको, लकडाउनका कारण मजदुरी गर्न नपाएर मजदुरहरु भोकै पर्न परेको तर उनीहरुलाई राहत दिने विषयमा सरकारले केही कार्यक्रम नल्याएको विरोधमा बाह्रबिसेमा जुलुस निकालेको क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले जानकारी दिए ।

जुलुसले बाह्रबिसे बजारको परिक्रमा गरेको थियो । लम्पसारवादी सरकार मूर्दावाद, मजदुरलाई खान दे जस्ता नारा लगाएर काँग्रेसले आज बिहानै जुलुस निकालेको हो । बजार परिक्रमापछि आयोजित कोणसभालाईे सम्बोधन गर्दै काँग्रेस महासमिति सदस्य हरिशरण श्रेष्ठले राष्टवादको नारा लगाउने सरकारका प्रधानमन्त्रीले सीमा मिचएिको जानकारी आफूलाई छैन भन्नु लज्जास्पद रहेको बताएका छन् ।

वर्षौसम्म सीमा अतिक्रमण गरी डोजर चलाएर सडक खन्दा पनि थाहा नपाउने सरकार कस्तो निन्द्रामा थियो उनले प्रश्न गरेका छन् । क्षेत्रीय सभापति बस्नेतले यो सरकार भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको बताएका छन् । केन्द्रदेखि स्थानीय तहसम्मका नेकपाको सरकारहरु भ्रष्टाचारमा लिप्त भएकाले लकडाउनको अवस्थामा जनताको दैनिक जनजीवनको बारेमा ध्यान दिन नसकेको आरोप उनको छ । उनले भने, दैनिक ज्याला गरेर खानेहरुको जीन कष्टकर छ उनीहरुलाई राहत दिनुभन्दा लकडाउन लम्ब्याएर अझ आहात दिन सरकार लागिपरेको छ ।

यसैगरी कांग्रेस युवा नेता युधिर पौडेलले सरकार जनताका कुनै पनि पीर मर्कामा सँगै नरहेको आरोप लगाएका छन् । सीमामा हजारौं नेपाली अलपत्र परेका र विदेशमा समेत देश फर्काउन धरधरी रोएर अपिल गरेकाहरुको कुनै आवाज सुन्ने यो सरकारसँग फुर्सद छैन् उनले भने, जनताको जीवनप्रति उदासिन सरकारलाई हामी सधै खबरदारी गछौं । काँग्रेसले सरकारको गलत कदम प्रति सधै विरोध गर्ने जनाएको छ । सीमा अतिक्रमणका बारेमा ठोस कदम नलिए सिन्धुपाल्चोक काँग्रेसले खबरदारी जारी राख्ने बताएको छ ।