काठमाडौंका ७ वर्षीय बालक सहित ९ जनामा कोरोना देखियो, २६७ जना पुगे संक्रमित

काठमाडौंका ७ वर्षीय बालक सहित ९ जनामा कोरोना देखियो, २६७ जना पुगे संक्रमित

काठमाडौं, २ जेठ । शुक्रबार काठमाडौंको सतुंगलका ७ वर्षीय बालकसहित ९ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ। स्वास्थ्य मन्त्रालयले वीरगन्ज, उदयपुर, दाङ र काठमाडौंका विभिन्न व्यक्ति संक्रमित भएको पुष्टि गरेको छ ।

पर्साका ९ वर्षीय , विरगञ्जका १० वर्षीय बालक, २३, ४७ वर्षीय महिला , उदयपुर त्रियुगा न पा निवासी २५ वर्षीय पुरुष, दाङको गढवा ४ र ५ , तुलसीपुर ७ निवासी २३, ३६, ३४ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको छ । त्यसैगरी काठमाडौं सतुंगल निवासी ७ वर्षीय बालकमा पनि संक्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डां समिरकुमार अधिकारीका अनुसार निजको स्वास्थ्य स्थिति सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताउनु भएकाे छ ।