काठमाडौं, २ जेठ । प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा नयाँ कुरा केहि पनि नआएको टिप्पणी गर्नुभएको छ ।
संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै उहाँले नयाँ कुरा केहि नभएको र सवै पुरा कुरा मात्र आएको बताउनुभयो । उहाँले कार्यक्रममा धेरै कुरा छुटेको तर्क पनि गर्नुभयो । नीति तथा कार्यक्रममा रहेको बिषय गफ मात्र भएको उहाँको भनाई छ ।
त्यस्तै जसपाका नेता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोनाले आर्थिक रुपमा ल्याएको संकटलाई नीति तथा कार्यक्रमले समेट्न नसकेको आरोप लगाउनुभयो । उहाँले परम्परागत ढंगले आएको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुभयो ।
त्यस्तै जसपाका अर्का नेता राजेन्द्र महतोले कर्मकाण्डी तरिकाले कार्यक्रम आएको धारणा राख्नुभयो । उहाँले देश एकातिर र नीति तथा कार्यक्रम अर्कोतर्फ रहेको तर्क गर्नुभयो ।