पाँच प्रतिबद्धतासहित अर्थमन्त्री डा. खतिवडा भन्नुहुन्छ : मुलुकमा वित्तीय स्थायित्व ल्याउँछौँ  

पाँच प्रतिबद्धतासहित अर्थमन्त्री डा. खतिवडा भन्नुहुन्छ :  मुलुकमा वित्तीय स्थायित्व ल्याउँछौँ  

काठमाडौँ, १४ फागुन । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्ना मान्यता अनुसार अर्थ मन्त्रालय हाँक्ने बताउनुभएको छ । सपथ लगत्तै अर्थमन्त्रालयको पदभार ग्रहण गर्दै खतिवडाले आफ्ना मान्यताहरु कार्यान्वयन गर्ने बताउनुभएको हो ।

मन्त्रालयमा आज पदबहालीपछि खतिवडाले संविधानको मर्म र भावनाअनुसार मुलुकको आर्थिक क्षेत्र अगाडि बढ्ने बताउनुभएकाे छ ।

खतिवडाले वाम गठबन्धनका तर्फबाट जनतासमक्ष गरेका प्रतिबद्धतालाई कार्यान्वयन गरेर लैजानु आफ्नो दायित्व भएको उल्लेख गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई पनि सँगसँगै लैजाने बताउनुभयो । अर्थमन्त्री खतिवडाले मन्त्रालयमा आफू पाँच एजेण्डा लिएर प्रवेश गरेको बताउनुभयाे ।

 

पहिलो : निरन्तरतामा परिमार्जन गरेर अगाडी बढ्ने, दोश्रो : बाम गठबन्धनको प्रतिबद्धता कार्यान्वयन, तेश्रो : अर्थतन्त्रका समस्या समाधानचौथो : उच्च आर्थिक वृद्धि, पाँचौ : अन्तराष्ट्रिय सहयोग राष्ट्रिय चासोका क्षेत्रमा, चौथो : उच्च आर्थिक वृद्धि, पाँचौ : अन्तराष्ट्रिय सहयोग राष्ट्रिय चासोका क्षेत्रमा

संविधानले लोककल्याणकारी राज्य हुँदै समाजवादउन्मुख हुँदै गर्दा संविधानप्रदत्त लोककल्याणकारी राज्यको भूमिकालाई अग्रणी नेतृत्व दिने जिम्मेवारी लिने क्रममा निजी, सहकारी र सामुदायिक क्षेत्रसँग परिपूरकताका आधारमा सहकार्य गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो ।

उच्च आर्थिक वृद्धिको इञ्जिन निजी क्षेत्र भएकाले आन्तरिक तथा बाह्य क्षेत्रलाई परिचालन गरेर परिकल्पना गरेका विकासका आयोजना र पूर्वाधारलाई अगाडि बढाउने बताउँदै उहाँले व्यापार लगानी र प्रविधि हस्तान्तरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक हुने स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री खतिवडाले वैदेशिक सहायतालाई राष्ट्रिय अनुकूल ठूलोरुपमा परिचालन गर्नुपर्ने बताउँदै मानिसको क्षमताको पहिचान संकटकै बेला हुने भएकाले आफूले क्षमता प्रदर्शन गरेर समस्यालाई समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरको जिम्मेवारी सम्हालीसक्नुभएका डा खतिवडा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिरपरिचित अर्थशास्त्री हुनुहुन्छ ।