थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ४३ पुग्यो

थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ४३ पुग्यो

काठमाडौं, ३१ वैशाख । नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं र रुपन्देहीमा भएका परीक्षणमा यी संक्रमण देखिएका हुन् । यसअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । बुधबार बिहानमात्रै २ जनामा संक्रमण देखिएको थियो ।

नयाँ संक्रमित २४ जनामध्ये रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना रहेका छन् । रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, र ४१ वर्षका पुरुष तथा ४, १० र २८ वर्षका महिलामा संक्रमण भएको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए । त्यस्तै कपिलवस्तुमा २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।

पर्सामा ३६ र ७४ वर्षका पुरुष र ३६ वर्षकी महिलामा संक्रमण पुष्टि भएको छ । नवलपरासीमा ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि बुधबार दिउँसो २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

हालसम्म पर्सामा ८५, उदयपुरमा ३२, कपिलवस्तुमा ३८, बाँकेमा २५, रुपन्देहीमा २८, काठमाडौंमा ६, कैलालीमा ४, रौतहट र बारामा ३र३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी, धनुषा र भक्तपुरमा २र२ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासीमा एकरएक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये ३५ जना निको भए पनि ३ जनामा पुनस् संक्रमण देखिएकाले अस्पताल भर्ना गरिएको छ ।