नेपाली भूमि फिर्ताका लागि पहल नगरे सरकार विरुद्ध कडा आन्दोलन गर्ने नेविसंघको चेतावनी (भिडियो)

नेपाली भूमि फिर्ताका लागि पहल नगरे सरकार विरुद्ध कडा आन्दोलन गर्ने नेविसंघको चेतावनी (भिडियो)

काठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसको भातृ संस्था नेविसंघ लगायत सात विद्यार्थी संगठनले भारतले मिचेको नेपाली भूमि फिर्ताका लागि पहल नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आइतबार सिंहदरबारमा परराष्टमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाउदै नेविसंघ, बिप्लव निकट अखिल क्रान्तिकारी, अखिल पाँचौ लगाएत बिभिन्न सात बिद्यार्थी संगठनले नेपाली भूमि फिर्ताका लागि सरकारले अधिकतम पहल गर्नुपर्ने माग राखेका हुन् । उनीहरुले नेपालको सहमति बिना नेपालको भूभागमा भारतले सडक निर्माण गर्नु खेदजनक रहेको बताए ।

ज्ञापन पत्र बुझाउदै नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले सवै दलहरुलाई एकै ठाउँमा ल्याइ भारतको हेपाह प्रबृति बिरुद्ध लड्नुपर्ने बताउनुभयो । त्यस्तै बिप्लव निकट अखिल क्रान्तिकारीका संयोजक चिरञ्जिवी ढकालले सीमाा मिचिसकेपछि अव भूमि फिर्ता ल्याउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो । कोरोनाका कारण राष्ट्रिय मुद्धालाई ओझेलमा पार्न नहुने तर्क गर्नुभयो ।

ज्ञापन पत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले यस बिषयमा भारतको ध्यानार्षण गराइसकेको भन्दै थप पहल गर्ने बताउनुभयो । थप कुटनीतिक पहल प्रभावकारी रुपमा अघि बढाउने उहाको भनाई छ । यसअघि आइतबार नै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा र विद्यार्थी संगठनले नेपालको सिमानामा काँडेतार लगाएर घेराबार गर्न माग गर्दै मन्त्री ज्ञवालीलाई ज्ञापन पत्र बुझाएको थियो ।

भिडियो हेर्नुहोस्