– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य / प्रजनन् स्वास्थ्य विज्ञ
अप्रत्यासित रुपमा आएको कोरोना संकटले गर्दा कहिल्यै नसोंचिएको लकडाउन भएको छ । लकडाउनको कारण मान्छेहरु घरभित्र बस्न बिबश छन् । यातायात नचलेको हुनाले हरेक ठाउँमा सप्लाई घटेको छ । यसको ठूलो मार यौन तथा प्रजजन स्वास्थ्यमा परेको छ ।
=परिवार नियोजनका साधनसम्म आम नागरिकको पहुँच टाढा भएको छ । जसले गर्दा अनाबश्यक गर्भधारण बढ्नेछ, जन्मदर बढ्नेछ ।
=जोखिम बर्गका धेरै महिला गर्भवती हुनेछन | यसले आमा र बच्चाको स्वास्थ्य थप जोखिमपूर्ण हुनेछ ।
=मनोरंजनका साधन र स्थानको सिमितताको कारण यौन सम्बन्ध मनोरंजनको प्रमुख उपाय बन्नेछ ।
=असुरक्षित सम्पर्कको कारण धेरैलाई यौनसम्पर्कजन्य संक्रमण बढ्नेछ ।
=अनिच्छित गर्भधारणको कारण आकस्मिक गर्भनिरोध चक्की ( Emmergency Contraceptive Pills ) को सेवन बढिरहेको छ । यी औषधिको नियमित सेवन वा धेरै चक्की सेवन गर्दा हर्मोनमा असन्तुलन आएर प्रजनन स्वास्थ्यमा नकारात्मक असर पर्नेछ ।
=असुरक्षित गर्भपतनको कारण धेरै महिलाको ज्यान जानेछ । धेरै महिलाको स्वाथ्य जोखिमयुक्त बन्नेछ ।
=अनैच्छिक गर्भधारणको कारण धेरै महिलाको रोजगारी गुम्नेछ, उत्पादकत्व घट्नेछ । यसले थप मानसिक समस्या निम्त्याउनेछ ।
=लकडाउन, सामाजिक दुरी, परिवारसंग संगै बस्ने चलन स्थापित हुँदा अबिबाहित जोडीको मानसिक तनाब एबम कुण्ठा थप बढ्नेछ ।
=देह ब्यापारबाट लाखौँ परिवार पालिएका छन् । यसको वैश्विक अर्थतन्त्र निकै ठूलो छ । यो ब्यबसाय धरासायी भएको छ । यसले गर्दा मनोरोग बढ्नेछ ।
=होटेल, बार, क्लब, क्यासिनो, डान्सबार आदि बन्द हुँदा नाचगान, डेटिङ तथा सेटिंग बन्द हुनेछ । जसको कारण युवायुवतीमा फ्रस्ट्रेसन् बढ्नेछ ।
=कोरोना संक्रमणले बढाएको डर, तनाब, असुरक्षाबोध र मनोबैज्ञानिक समस्याले गर्दा वयस्कमा यौनेच्छा घट्नेछ, दुर्बलता हुनेछ । जसले गर्दा पारिवारिक मनमुटाब बढ्नेछ ।
=घरेलु यौनहिँसा वृद्धि हुनेछ ।
=फरक शारीरिक क्षमता भएका धेरै महिला यौनहिंसाको सिकार हुनेछन् ।
=अर्थोपार्जनमा ब्यापक क्षय हुनेछ । जसले गर्दा बिबाह गर्ने समय धकलिनेछ ।
=यौन तथा प्रजजन अधिकार ओझेलमा पर्नेछ । यसलाई अत्यावश्यक सेवामा गणना गरिने छैन ।
=एचाइभी / एड्सको परिक्षण तथा नियमित औषधि आपूर्तिको चेन तोडिनेछ ।
=महिलाको नियमित स्वास्थ्य जांच, पेल्भिक जांच, प्याप स्मेयर परिक्षण आदि प्राथमिकतामा पर्नेछैन । जसले गर्दा पाठेघरको समस्या, प्रजजन अंगको क्यान्सर तथा संक्रमण बढ्नेछ ।
=विश्व महामारीको यो समयमा गर्भवतीको नियमित परिक्षण, प्रसव सेवा तथा प्रसबोत्तर सेवा प्राथमिकतामा पर्ने छैनन् । जसले गर्दा होम डेलिभरी ( घरमा बच्चा जन्माउने ), सुबिधा नभएको स्वास्थ्य संस्थामा बच्चा जन्माउने तथा जोखिम मोलेर अस्पतालमा बच्चा जन्माउने बाध्यता हुनेछ ।
=कोभिड नियन्त्रण उच्चस्तरीय समिति लगायत हरेक नीतिनिर्माण समितिमा महिलाको समानुपातिक प्रतिनिधित्व गराउने ।
=यौनजन्य हिँसा बिरुद्ध कठोर कानुन निर्माण तथा परिपालना गराउने ।
=यौन तथा प्रजनन परामर्श सेवाको हटलाइन ब्यबस्था गर्ने ।
=प्रसुती एम्बुलेन्सको ब्यबस्था गर्ने ।
=हरेक स्वास्थ्य संस्थामा परिवार नियोजनका साधन पर्याप्त उपलब्ध गराउने ।
=हरेक स्थानीय निकायका अस्पतालमा निशुल्क सुरक्षित गर्भपतनको ब्यबस्था गर्ने ।
=स्त्री तथा प्रसुती सेवालाई थप बिस्तार र अनिबार्य सेवाको रुपमा प्रबन्ध गर्ने ।
=महिला स्वास्थ्यकर्तालाई सुरक्षित प्रसवको तालिम दिइरहने ।
=यौन तथा प्रजजन अधिकारलाई मानब अधिकारको रुपमा स्थापित गर्ने ।
=रेडियो, एफएम, टेलिभिजन, पत्रिका लगायत संचार माध्यममा यौन तथा प्रजजन स्वास्थ्यको नियमित कार्यक्रम प्रकाशन / प्रसारण गर्ने ।
=परामर्श सेवालाई बिस्तार र प्रभावकारी बनाउने ।