सिन्धुपाल्चोक क्षेत्र नम्बर १ कांग्रेसबाट मजदुरलाई राहत वितरण

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ कांग्रेसबाट मजदुरलाई राहत वितरण

सिन्धुपाल्चोक, २५ वैशाख । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण त्रासका कारण अहिले भइरहेको लकडाउनले धेरै असाह्यको घरमा चुलो बल्न सकेको छैन ।

यसैबीच नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेत र काङ्ग्रेस युवा नेता अजय लामाले बाह्रविसे नगरपालिका वडा नं ६ गातीमा आज १८ घरपरिवारलाई दैनिक ज्यालादारी गरी जीविको पार्जन गर्दै आएका मजदुरहरुलाई राहत वितरण गरेको
युवा नेता ज्ञानेन्द्र थापाले राष्ट्रवाणीलाई बताएका छन् । उनीहरुले चामल ,नुन, तेल र दाल असाह्यहरुको घरमै पुगेर वितरण गरेका छन् ।

‘खान पुगोस् दिन पुगोस्’ अभियान अन्तर्गत सधैंका दिनहरुमा झैँ आज शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्धको जन्मोत्सव अर्थात् बुद्ध जयन्तीको पावन अवसरमा नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति लगायत युवा नेताहरु यो पून्यको काम गरेका हुन् ।