नेजस अमेरिकालाई कांग्रेस केन्द्रिय कार्यालयको परिपत्रः अब कुनै काम कारबाही नगर्नु

नेजस अमेरिकालाई कांग्रेस केन्द्रिय कार्यालयको परिपत्रः अब कुनै काम कारबाही नगर्नु

अमेरिका- नेपाली कांग्रेसको भातृ संगठन नेपाली जन सम्पर्क समिती (नेजस) अमेरिकाले निर्धारित समयमा अधिबेसन गराउन नसकेपछि नेपाली कांग्रेस केन्द्रले हस्तक्षेप गरेको छ ।

कांग्रेस केन्द्रिय कार्यालयले नेजस अमेरिकालाई परिपत्र गर्दै पदावधी समाप्त भइसकेको कार्यसमितीले कुनै निर्णय नगर्न निर्देशन दिएको छ । नेपाली कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेजस अमेरिकालाई पठाएको पत्रमा केन्द्रबाट अर्को निर्देशन तथा जानकारी प्राप्त नहुंदा सम्म आगामी अधिबेसन सम्बन्धी कुनै काम कारबाही नगर्न भनिएको छ ।