काठमाडौं, २२ वैशाख । नेपालका युवा दिवेश पोखरेलले अमेरिकाको प्रख्यात गायन रियालिटी सो अमेरिकन आइडलमा टप १० मा स्थान बनाएका छन् । उनले पछिल्लोपटक जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाएका थिए ।
दिवेशलाई टप ५ को दाबेदारका रुपमा हेरिएको छ । उनले अमेरिकन आइडलमा आफूलाई ‘अर्थर गन’ नामले चिनाएका छन् । गायन क्षेत्रमा उनलाई ‘अर्थर गन’ नामले धेरैले चिन्छन् । अडिसन राउन्डदेखि नै अब्बल प्रस्तुति दिँदै आएका दिवेशको गायनको सबैले तारिफ गरेका छन् ।
दिवेशले आफ्ना समर्थकहरुलाई धन्यवाद दिँदै संसारभरबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भइरहेको उल्लेख गरेका छन् । दिवेश प्लस टु उत्तीर्ण गरेर सन् २०१४ मा उच्च शिक्षा अध्ययनका सिलसिलामा अमेरिका गएका थिए ।