– मुकुन्द अर्याल–
फर्क फर्क हे जाउ समाउ,मानिसहरुको पाउ
मल्हम लगाउ आर्तहरुको चहराईरहेको घाउ
मानिस भई मानिसको त्यो,दिव्य मुहार हँसाउ (महाकवि लक्ष्मी प्र. देवकोटा )
कोभिड १९ को वैश्विक महामारीबाट विश्व मानव समुदाय आक्रान्त रहेको बेला विश्वभरका विभिन्न आध्यात्मिक सामाजिक संस्थाहरु मानव सेवा नै माधव सेवा हो भन्ने महामन्त्रलाई आत्मसात गर्दै सेवा कार्यमा जुटिरहेका छन् ।
बन्दाबन्दीको कारण अप्ठेरोमा परेका विपन्न वर्गलाई लक्षित गरि काठमाडौ महानरपालिका वडा नम्बर ३२ कोटेश्वरका क्लवहरु निःशुल्क भोजन सेवामा जुटेका छन् । कोेटेश्वर समाजसेवा सुधार युवा क्लब महादेवस्थानले वैशाख १० गतेबाट हरेक सांझ निशुल्क भोजन सेवा संचालन गर्दैआएकोमा १९ गतेसम्म २ हजार ६८९ जनाले यो सेवा प्राप्त गरेको जानकारी कोटेश्वर समाज सुधार युवा क्लवका अध्यक्ष सुवाश रिमाललाई उद्घृत गर्दै श्री राधा माधव समिति नेपालका प्रेस संयोजक मुकुन्द अर्यालले दिनुभएको छ ।
यसैगरि स्थानीय सेती ओपि युवा क्लवले असहज अवस्थामा रहेका व्यक्तिहरुलाई केही दिनयता विहान १० बजेदेखि १२ बजेसम्म निशुल्क भोजन सेवा संचालन गरिरहेकोमा दैनिक ३५० व्यक्तिले उक्त सेवा प्राप्त गरिरहेको जानकारी स्थानीय उद्यमी तथा समाजसेवी भरत कार्कीले दिनुभएको छ ।