काठमाडौं । नेपाल प्रहरीका जनपथतर्फका प्रहरी बरीष्ठ उपरीक्षक (एसएसपी) को सरुवा तथा पदस्थापन भएको छ ।
सरुवा भएकामा एसएसपी उमेशराज जोशी संघीय प्रहरी इकाई काभ्रेपलाञ्चोक, टेकबहादुर तामाङ तालिम केन्द्र विराटनगर, श्यामलाल ज्ञवाली महानगरीय प्रहरी परिसर काठमाडौं, दीपक थापा अपराध महाशाखा छन् । त्यसैगरी नेपाल प्रहरीमा नयाँ बढुवा भएका एसएसपीहरुको पदस्थापन गरिएको छ ।