लकडाउनकैबीच मेलम्चीमा वडा कार्यालय भवनको शिलान्यास

लकडाउनकैबीच मेलम्चीमा वडा कार्यालय भवनको शिलान्यास

–रामचन्द्र दुलाल–

सिन्धुपाल्चोक, १८ वैशाख । मेलम्ची नगरपालिका वडा नम्बर २ को वडा कार्यालय भवनको आज शिलान्यास भएको छ । भवनको नगर प्रमुख डम्बर अर्याल तथा उप प्रमुख भगवती नेपालले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

साँढे ३ तल्लाको उक्त भवन इ–लाईब्रेरी लगायत अपाङ्गतामैत्री हुने मेलम्ची नगरपालिकाका सूचना अधिकारी जीतबहादुर कार्कीले राष्ट्रवाणी डटकमलाई जानकारी दिनुभयो । हाल जाल्पादेवी मा.वि. बाट वडा कार्यलय सञ्चालन भैरहेको छ ।

रु. १ करोड ९० लाखको लागतमा बन्ने उक्त भवन १८ महिनाभित्रमा निर्माण भईसक्ने उहाँले जानकारी दिनुभयो । मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले लकडाउनकैबीचमा पनि सामाजिक दूरी कायम गरी निर्माण कार्य गर्न व्यवसायीलाई अनुरोध गरेको बताउनु भएको छ । कोरोना महामारीको त्रासकैबीचमा पनि कोरोनाबाट बच्ने सम्पूर्ण उपायहरु अवलम्बन गरेर कामलाई दु्रतगतिमा अगाडी बढाउने निर्देशन दिएको अर्यालले बताउनुभएको छ ।

शिलान्यास कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष सन्तबहादुर तामाङ्ग मेलम्ची न पा १/२ का समाजसेवीको उपस्थिती रहेको थियो।