राजनीतिक प्रणाली जोगाउन कांग्रेसले निर्वाचन गराएको होः नेता निधि

राजनीतिक प्रणाली जोगाउन कांग्रेसले निर्वाचन गराएको होः नेता निधि
वैतडी १३ फागुन ।  अहिंसावादी नेता महेन्द्रनारायण निधीको ९६ औँ जन्मजयन्तिका अबसरमा नेपाली कांग्रेसले  जिल्ला स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । 
वैतडीमा भोली सम्म चल्ने प्रशिक्षण कार्यक्रम नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिको आयोजनामा भएको हो ।
प्रशिक्षण कार्यक्रममा देशका विभिन्न जिल्लाका कोषाध्यक्ष तथा वैतडीमा रहेका नेपाली कांग्रेस र उसका भ्रातृ तथा सुभेच्छुक संस्था, गाउँ पालिका प्रमुख उप प्रमुख लगाएतको सहभागिता रहेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले महेन्द्र नारायण निधिकै देनका कारण सशस्त्र आन्दोलन छाडेर नेपाली कांग्रेस अहिंसावादी आन्दोलनमा आएको प्रष्ट पार्नुभयो ।
नेपाली कांग्रेसले राजनीतिक प्रणाली जोगाउन पनि चुनाव गराएको प्रष्ट पार्दै चुनाव गराउँदा पार्टीको भन्दा जनताकै जित भएको उल्लेख गर्नुभयो ।
उहाँले चुनाव नभएको भए अहिले सम्मको परिवर्तननै धरापमा पर्ने तर्फ संकेत गर्दै चुनावले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था जोगिएको बताउनुभयो ।
नेपाली कांग्रेसको विषयमा बताउँदै नेता निधीले चुनावमा भएको पराजयको समिक्षा गरेर अगाडी बढिने जानकारी दिनुभयो । चुनावमा भएको अनुशासन हिन गतिविधिको विषयमा देशभरबाट रिपोर्ट संकलन भइरहेको बताउँदै आवश्यक परे केन्द्रिय प्रतिनिधि पनि खटाइने बताउनुभयो ।
अब बस्ने केन्द्रिय समितिको वैठकमा चुनावी समिक्षाबारे छलफल हुने बताउँदै त्यसपछिको महासमितिमा पनि छलफल हुने जानकारी दिनुभयो । महासमितिको वैठकले पार्टीको विधान परिमार्जन गर्ने जानकारी दिँदै संघिय प्रणाली अनुसार नेपाली कांग्रेसको संगठन ढाँचा तयार हुने पनि बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस वैतडीका सभापति नरेन्द्र सिंह थापा, सचिब विरबहादुर विष्ट, पूर्वमन्त्री नरबहादुर चन्द, नुवाकोट कोषाध्यक्ष महेन्द्र थिङ, महिलासंघ वैतडी सभापति देवी ठगुन्ना लगाएतले संवोधन गर्नुभएको थियो ।