दैलेखको डुङ्गेश्वरलाई मिर्मिरे युवा समाजले दियो स्वास्थ्य सामग्री

दैलेखको डुङ्गेश्वरलाई मिर्मिरे युवा समाजले दियो स्वास्थ्य सामग्री

काठमाडौं, १२ वैशाख । सामाजिक कार्यमा निकै सक्रिय युवाहरुको संस्था मिर्मिरे युवा समाज सिनामंगल काठमाडौंले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका स्वास्थ्य चौकीलाई कोरोना भाइरसको संक्रमणबाट जोगिने स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

समाजले डुङ्गे्रश्वर गाउँपालिकाका ६ वटा वडाका स्वास्थ चौकीहरूमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन स्वास्थ्य सामग्री उपलब्ध गराएको संस्थाका अध्यक्ष दिनेशविक्रम शाहले जानकारी दिएका छन् ।

समाजबाट स्वास्थ्य चौकीलाई ३५ थान पीपीई, छ हजार थान मास्क, पाँच हजार ग्लोब्स, ५० लिटर ह्यान्डवास, ३० थान फेस कभर र दुई थान थर्मल गन गाउँपालिकाका प्रमुख नगेन्द्र मल्ललाई हस्तान्तरण गरिएको शाहले बताएका छन् । स्वास्थ्य चौकीलाई दिइएका स्वास्थ्य सामग्री विभिन्न दाताहरूबाट संकलन गरेर गाउँपालिका प्रमुख मल्ललाई हस्तान्तरण गरिएको हो ।