काठमाडौं, १३ फागुन । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकले विधानलाई अनुमोदन गर्ने बताइएको छ ।
यसअघि शनिबार बसेको संसदीय दलको बैठकले डा.मीनेन्द्र रिजालले प्रस्तुत गरेको विधान परिमार्जनसहित पारित गर्दैै अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउने निर्णय गरेको थियो ।
केन्द्रीय समितिले विधान अनुमोदन गरेपछि संसदीय दलको नेता चयन प्रक्रिया सुरु हुनेछ ।
कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँगै महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहको दाबी रहँदै आएको छ ।