नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुग्यो, थप एकमा संक्रमण भेटियो

नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुग्यो, थप एकमा संक्रमण भेटियो

काठमाडौँ, ६ वैशाख । नेपालमा थप एक जना कोरोना भाइरस (कोभिड १९) संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक फेसबुक पेजमा अध्यावधिक गरेको तथ्यांकअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।

मन्त्रालयका अनुसार स‌ंक्रमित ६५ वर्षीय पुरुष हुन् । अन्तिम पटक भेटिएका संक्रमितको ठेगाना र अन्य विवरण मन्त्रालले खुलाएको छैन ।

फेसबुक पेजमा भनिएको छ –‘हालको अध्यावधिक विवरण अनुसार कोभिड–१९ को जम्मा पुष्टी भएको संख्या ३१ रहेको छ जस मध्ये आज मात्रै १ जनामा नयाँ पुष्टी भएको छ (६५ बर्षीय, पुरुष) अध्यावधिक मितिः २०७७ बैशाख ६ गते, साँझ ८ः०० बजे ’