

-रबिन्द्र यादव –
नवलपरासी पश्चिम, ६ वैशाख । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका –१२ भटौलियाका स्थानियले साइकलमा लोड गरि ल्याउँदै गरेको १५ पेटी अर्थात् ४ सय पचास पिस मदिरा पक्राउ गरि प्रहरीलाई बुझाएका छन् ।
पक्राउ पर्नेमा सरावल गाउँपालिका वडा नं ६ बस्ने २१ बर्षिय सत्यप्रकाश मौर्या, सोही ठाउँ बस्ने बर्ष २९ का पन्ना गौड र बर्ष १६ का दशरथ गुप्ता रहेका छन् । लकडाउनको मौका छोपी लुकीछिपी बर्दघाटबाट मदिरा ल्याएको प्रहरीले बताएको छ ।

अहिले तिनै जनालाई इलाका प्रहरी कार्यालय बर्दघाटमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बिरेन्द्र थापाले बताए । अहिले उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको थापाले जानकारी दिए । स्थानीयले प्रहरीको मिलोमतोमा मदिरा ओसारपसार भएको दाबी गरेका छन् । स्थानीयले बर्दघाटबाट मदिरा आउँदा पनि प्रहरी बेखबर भएको आरोप लगाएका छन् ।