लकडाउनको २५औं दिन यस्तो देखियो काठमाडौं (भिडियो)

लकडाउनको २५औं दिन यस्तो देखियो काठमाडौं (भिडियो)

काठमाडौं, ५ वैशाख । काठमाडौंमा समेत कोरोना संक्रमित देखिएपछि सरकारले लकडाउनको शुक्रबार २५ औं दिन, प्रशासनले लकडाउन कार्यान्वयनमा थप कडाइ गरेको छ ।

जरुरी कामबिना सडकमा निस्कने र लक डाउन आदेशको उलंघन गर्नेलाई सम्बन्धित स्थलमै नियन्त्रणमा लिने र होल्ड गर्ने अभियानलाई तीव्र बनाइएको छ ।

राजधानी प्रवेश गर्ने सबै संभावित नाकामा सुरक्षा जाँच र गस्तीलाई थप कडा तुल्याइएको छ । लकडाउन कार्यान्वयनलाई थप प्रभावकारी बनाउन गस्ती र सुरक्षा जाँच बढाइएको प्रहरीले जनाएको छ । उपत्यकामा अहिले तिनवटै सुरक्षा निकायका १५ हजार बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।

भिडियोमा हेर्नुहाेस्