लकडाउनमा श्रमिकलाई खाने–बस्ने व्यवस्था मिलाउन भ्रातृ तथा शुभेच्छुक संस्थालाई देउवाको आग्रह

लकडाउनमा श्रमिकलाई खाने–बस्ने व्यवस्था मिलाउन भ्रातृ तथा शुभेच्छुक संस्थालाई देउवाको आग्रह

काठमाडौं, ५ वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा श्रम गरिरहेकाहरु लकडाउनका कारण खाने बस्ने असुविधाका कारण सयौँ किलोमिटर पैदल हिँडेर गाउँतर्फ जान बाध्य भएको अवस्थामा सरकार भने त्यसको दर्शक मात्र बनेर बसेको आरोप लगाएका छन् ।

सरकार निमुखाको पीडाको दर्शक मात्र हुन नमिल्ने बताउँदै देउवाले उनीहरुलाई सुरक्षित रुपले गाउँ पुर्याउने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन् । शुक्रबार ट्विटरमार्फत देउवाले सरकारलाई यस्तो आग्रह गरेका हुन् ।

देउवाले यसरी पैदल हिँडेर घर गइरहेका नागरिकहरुलाई आ–आफ्नो क्षेत्रमा खाना र रातिको समय भए वासको प्रवन्ध मिलाउन कांग्रेसका स्थानीय तह र पार्टीका भ्रातृ तथा सुभेच्छुक संस्थाहरुलाई पनि निर्देशन दिएका छन् ।

लकडाउन लम्बिएपछि काठमाडौंबाट सयौं सर्वसाधारण पैदलै हिँडेर आफ्नो गाउँतर्फ गइरहेका छन् । प्रहरीले यसरी यात्रा गर्नेहरुलाई रोकेर जहाँबाट हिँडेको त्यहीँ फर्काउने गरेप्रति देउवाले आक्रोश व्यक्त गरेका छन् ।