सवारी पास वितरण बन्दः मृत्यु संस्कारमा जानेलाई मात्र पास

सवारी पास वितरण बन्दः मृत्यु संस्कारमा जानेलाई मात्र पास

काठमाडौं, ३ वैशाख । काठमाडौं जिल्ला प्रशासनले सवारी पास वितरण बन्द गरेको छ। सरकारले अत्यावश्यक सवारीसाधन संचालनका लागि अनलाइन पास दिने निर्णय गरेको थियो। ई–पासका लागि आत्याधिक आवेदन परेपछि मुत्यु संस्कारमा जाने वाहेकलाई पास नदिने निर्णय कार्यालयले गरेको हो।

कार्यालयले आज एक सूचना प्रकाशन गरी परिवारको मृत्यु सदस्यको संस्कारमा जानेबाहेक अन्य प्रयोजनको लागि सवारी पास वितरणमा रोक लगाएको जनाएको हो।

पासको माग अत्यधिक बढ्नुका साथै भीडभाड बढेकोले लकडाउनसमेत उल्‍लंघन हुने अवस्था भएकाले बुधबारदेखि पास वितरण कार्य बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले सूचनामा बताएको छ। ‘वैशाख ३ गतेदेखि आफ्नो परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरुलाई बाहेक अन्य प्रयोजनका लागि सवारीपास जारी नहुने व्यहोरा जानकारी गराइन्छ।’ सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सूचनाका अनुसार परिवारका सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरुलाई बाहेक अन्य प्रयोजनका लागि सवारी पास जारी नहुने स्पष्ट पारेको छ। सरकारले वैशाख १५ गतेसम्म लकडाउन घोषणा गरेको छ।