आजको कोरोना अपडेट हेर्नुहोस् (भिडियो)

आजको कोरोना अपडेट हेर्नुहोस् (भिडियो)

काठमाडौं, २ वैशाख । स्वास्थ तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको जनाएको छ । मन्त्रालयले मंगलबारको नियमित पत्रकार सम्मेलनमार्फत थप दुई जनामा संक्रमण देखिएको जानकारी दिएको हो ।

राष्ट्रिय जस्वास्थ्य प्रयोगशालमा ४ हजार ८ सय १८ परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । उहाँले उपत्यका भन्दा बाहिर १ हजार ४ सय ८० परिक्षण भएको बताउनुभयो । स्वास्थ्य मन्त्रालयले धेरै भन्दा धेरै व्यक्तिमा र्‍यापिड टेस्ट गर्ने निती लिएको उहाले जानकारी दिनुभयो ।

र्‍यापिड टेस्ट सुरु हुन २१ जिल्ला मात्रै बाकी रहेको प्रवक्ता देवकोटाले बताउनुभयो । उहाले पेप्सीकोलामा गरिएको र्‍यापिड टेस्कका क्रममा तीन जनालाई कोरोना संक्रमण देखिएको र राष्ट्रिय प्रयोगशालामा परिक्षण गर्दा २ जनामा कोरोना संक्रमण भएको बताउनुभयो । संक्रमित भएका व्यक्तिहरु ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला वेलायतबाट नेपाल आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भिडियो