‘लकडाउन’को २०औं दिन यस्तो देखियो काठमाडौं (भिडियो)

‘लकडाउन’को २०औं दिन यस्तो देखियो काठमाडौं (भिडियो)

काठमाडौं, ३० चैत । नेपालमा लकडाउन घोषणा भएको आज २० औं दिन । चैत ११ गते विहान ६ बजेबाट सुरु भएको लक डाउन आइतबार पनि जारी रहेको हो । लक डाउनका कारण राजधानी लगायत मुलुकभरको सडक सुनसान छन् ।

विभिन्न ठाउँमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ । आइतबार पनि विगत दिन जस्तै अत्यावश्यक सेवा र पासबाहक गाडी बाहेक अन्य सवारी सञ्चालनमा आएका छैनन् । प्रहरीले लक डाउनका समयमा हिड्नेहरुलाई कारवाही गरिरहेको छ ।

नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले तेस्रोपटक लक डाउन वैशाख ३ गतेसम्म जारी राख्ने बताएको छ । कोरोना भाइरसको संक्रमण जोखिमका कारण सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएका छन् ।

बैशाख ३ गतेपछि पनि लक डाउन लम्बिन सक्ने संकेत सरकारले गरेको छ । हिजो सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको भिडियो कन्फ्रेन्समा प्रधानमन्धी केपी शर्मा ओलीले लक डाउनलाई निरन्तरता दिने र सीमा नाकामा कडाई गरिने बताउनुभएको थियो ।

भिडियाे हेर्नुहाेस्