विरगंजमा रहेका तीन भारतीयमा कोरोना पुष्टि

विरगंजमा रहेका तीन भारतीयमा कोरोना पुष्टि

काठमाडौँ, ३० चैत । विरगंजमा रहेका तीन भारतीय नागरिकमा कोभिड १९ (कोरोना) पोजेटिभ देखिएको पुष्टि भएको छ । हेटौंडामा गरिएको परीक्षणमा कोभिड १९ पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि स्वाब नमुना काठमाडौं पठाइएको थियो । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय स्रोतले पुनः तीन भारतीय नागरिकको परीक्षणमा पनि पोजेटिभ देखिएको पुष्टि गरेको हो।

तीनमध्ये एक जना दिल्ली र २ जना उत्तर प्रदेशबाट आएका हुन्। कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ। भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो

नेपालमा अब संक्रमितको संख्या १२ पुगेको छ । यसअघि संक्रमण देखिएका ९ जनामध्ये १ जना उपचारपछि घर फर्किएका छन् भने ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।