राहत वितरणमा चरम लापरवाही, गुणस्तरहिन सामाग्री बाढेपछि स्थानियले फालिदिए (भिडियो)

राहत वितरणमा चरम लापरवाही, गुणस्तरहिन सामाग्री बाढेपछि स्थानियले फालिदिए (भिडियो)

नवलपरासी, २८ चैत । पश्चिम नवलपरासीमा रामग्राम नगरपालिकाले चरम लापरवाही गरी गुणस्तरहिन चामल बाडेपछि राहत पाउनेहरुले राहत सामाग्री फालिदिएका छन् ।

बितरण गरेको राहत सामाग्रीमा चामल गुणस्तरहिन भएकोले राहत पाएकाहरुले राहत सामाग्री नगरपालिकाको मुलप्रबेशद्धारमा फालेर आक्रोश ब्यक्त गरेका हुन् ।

बिशेष गरी रामग्राम नगरपालिका अन्तर्गत वडा न. ११ , ६ र ३ गरी ३ वडा वडामा सामाग्री बितरण गरिएको थियो । तिन वटै वडा राहत सामाग्रीमा चामल र स्वायबिन गुणस्तरहिन भेटिएको हो ।

गरिब र बिपन्न बर्गलाई नगरपालिकाले उपलब्ध गराएको राहत सामाग्रीमा बिशेष गरी चामल र स्वायबिन गुणस्तरहिन भएकाले सो कार्यमा संलग्न दोषीलाई कारवाही हुनुपर्ने उनिहरुको भनाई छ ।

रामग्राम नगरपालिका वडा न. १५ का अध्यक्ष एवम बिपत ब्यवस्थापन समितीको संयोजक धनपत यादबले आफु समितीको संयोजक भएपनि आफ्नो अध्यक्षतामा बिपत सम्बन्धी कुनै बैठक समेत नबसेको र सामाग्री खरिदबारे आफु पुर्ण रुपमा अनिबिज्ञ रहेको प्रतिक्रिया दिनुभयो ।

राहत सामाग्री बितरण गरे लगत्तै राहत पाएकाहरुले राहत सामाग्री फालेर बिरोधमा उत्रिएको साथै राहत सामाग्रीमा चामल गुणस्तरहिन परेको रामग्राम नगरपालिका वडा न. ३ का वडा अध्यक्ष सुरज पाण्डेयले जानकारी दिनुभयो ।

यता यसवारे रामग्राम नगरपालीकाका उपप्रमुख रम्भा कुवंर आफुले सो राहत सामागी बितरण गर्नू पूर्वसन्ध्यामा चालम गुणस्तरहिन भएको आफु कार्यालयमा जानकारी गराएपनि बितरण गरिएकाले समस्या आएको बताउनुभयो । यस जिल्ला रामग्राम नगरपालकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र प्रकाश रेग्मीले चालम सप्लाई गर्ने कम्पनीले केही मात्रामा गुणस्तहिन चामल पठाएको स्वीकार गर्नुभयो ।

नगरपालिकाले आफ्नो १८ वटा कार्यालय मार्फत करिब तिन हजार घरपरिवारलाई राहत सामाग्री पठाएको थियो । तिन वडामा राहत सामाग्री बितरण लगतै गुणस्तरहीन चामल बाडेपछि अहिले नगरका १८ वटौ वडा राहत बितरण कार्य रोकिएको छ ।

भिडियाे हेर्नुहाेस्