‘लकडाउन’को १८ औं दिन हेर्नुहोस् यस्तो देखियो (भिडियो)

‘लकडाउन’को १८ औं दिन हेर्नुहोस् यस्तो देखियो (भिडियो)

काठमाडौं, २८ चैत । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको शुक्रबार १८ औं दिन भएको छ । शुक्रबार पनि काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् ।

पछिल्लो दिनमा केही स्थानमा लकडाउन उल्लंघन गर्नेहरुको संख्या पनि बढिरहेको छ । संक्रमितको संख्या बढदैं गइरहेको अवस्थामा धेरै सर्वसाधारणहरु मानसिक रुपमा पनि लकडाउनका लागि तयार भएको देखिएपनि केही भने लकडाउन उल्लंघनमा दिनहुँ पक्राउ पर्दै आएका छन् ।

चैत ११ गतेदेखि लकडाउन चलिरहेको छ । लकडाउनको समय बढेसँगै उल्ङ्घन गर्नेको सङख्या बढदै गएको देखिएको छ ।

यस्तोमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि नियम उल्लंघन गर्नेहरु पनि रहेका छन् । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

भिडियाे हेर्नुहाेस्