काठमाडौं बाहिर जान चाहनेलाई सरकारले तोकेका सवारी साधनमा शुक्रबार र शनिबार जान दिने

काठमाडौं बाहिर जान चाहनेलाई सरकारले तोकेका सवारी साधनमा शुक्रबार र शनिबार जान दिने

काठमाडौं ,२७ चैत । काठमाडौं उपत्यकामा लकडाउनका कारण रोकिएर बसेकाहरुलाई सरकारले शुक्रबार र शनिबार बाहिर जान दिने निर्णय गरेको बताइएकाे छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा आज बसेको बैठकले मापदण्ड बनाएर दुई दिन उपत्यकाबाहिर जान चाहनेलाई जान दिने निर्णय गरेको बताइएकाे छ।

गत चैत ११ गतेबाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट नजिकको जिल्लामा हिडेर जान थालेपछि सकारले यस्तो निर्णय गरेको बताइएको छ । उपत्यका बाहिर जान सरकारले तोकेका सार्वजनिक सवारी साधन मात्र चल्ने बताइएको छ । कतिपय मजदुरहरू दुई तीन दिनसम्म पनि हिँडैरै घर जान थालेपछि सरकारले यो निर्णय गरेको हो।

बैठकले काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई राजमार्गका विभिन्न स्टेशनहरुमा पुर्‍याइदिने निर्णय गरेको हो । तर उपत्यका बाहिरबाट काठमाडौं आउन दिइने छैन ।