लकडाउनको १५औं दिन यस्तो देखियो (भिडियो)

लकडाउनको  १५औं दिन यस्तो देखियो (भिडियो)

काठमाडौं, २५ चैत । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज १५ दिन भएको छ । आज पनि काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् । तर, पछिल्लो दिनमा केही स्थानमा लकडाउन उल्लंघन गर्नेहरुको संख्या पनि बढिरहेको छ ।

सरकारले लकडाउनका दोश्रोपटक लागि आजसम्मका लागि अवधि बढाएको थियो भने सोमबारमात्र थप एकसाताका अर्थात् आगामी बैशाख ३ सम्म लागि लकडाउनको समय थपेको छ । संक्रमितको संख्या बढदैं गइरहेको अवस्थामा धेरै सर्वसाधारणहरु मानसिक रुपमा पनि लकडाउनका लागि तयार भएको देखिएपनि केही भने लकडाउन उल्लंघनमा दिनहुँ पक्राउ पर्दै आएका छन् ।

गत मंगलबार चैत ११ गतेदेखि लकडाउन चलिरहेको छ । लकडाउनको समय बढेसँगै उल्ङ्घन गर्नेको सङख्या बढदै गएको देखिएको छ। यस्तोमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि नियम उल्लंघन गर्नेहरु पनि रहेका छन् ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । एक प्रदेशबाट अर्को प्रदेशमा, एक जिल्लाबाट अर्को जिल्लामा र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमन पनि आइतबारदेखि रोकिने सरकारले निर्णय गरिसकेको छ ।

भिडियाे हेर्नुहाेस्