नेकपाको सचिवालय आज बस्ने

नेकपाको सचिवालय आज बस्ने

काठमाडौँ, २५ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक डाकेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आज अपराह्न ४ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा कोभिड–१९ र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने छ । बन्दाबन्दी (लकडाउन) पछि पहिलोपटक नेकपाले ठक बोलाएको हो ।