राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

काठमाडौं, २४ चैत्र । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले तीन जना सिफारिश नामहरुमध्येबाट अधिकारीलाई गभर्नर बनाउने निर्णय गरेको हो । राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकास पाएका अधिकारीसँग राष्ट्र बैंकमा ३ दशक काम गरेका अनुभवी छन् ।

अधिकारी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत थिए । गर्भनर नियुक्तिका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित समितिले तीन जनाको नाम सिफारिश गरेर प्रस्ताव तयार गरेको थियो । सिफारिश तीनजनामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्व सचिव राजन खनाल रहेका थिए ।