

काठमाडौं, २४ चैत । नेपाल सरकारले लकडाउनलाई ८ दिन थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि भोलि (चैत २५ गते) सम्म लकडाउन गर्ने निर्णय गरेको थियो । लकडाउन तोकिएको मितिभन्दा एक दिनअघि मन्त्रिपरिषद बैठकले लकडाउन लम्व्याउने निर्णय गरेको हो ।
नेपालमा काेराेना संक्रमण ९ जनामा देखिएकाे छ। चीनबाट फर्किएका एकजनामा निकाे भइसकेकाे छ। अन्य संक्रमितमध्ये २ जनाको टेकु अस्पताल र २ जनाको बाग्लुङ र ४ जनाको धनगढीमा उपचार भइरहेको छ। उनीहरूकाे अवस्था सामान्य रहेकाे छ।