कोरोना विरुद्धको लडाईमा सरकारको मनोबल उच्चः स्वास्थ्य मन्त्री

कोरोना विरुद्धको लडाईमा सरकारको मनोबल उच्चः स्वास्थ्य मन्त्री

काठमाडौं, २४ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नीजि क्षेत्रबाट प्राप्त सहयोगले कोरोना विरुद्धको लडाईमा सरकारको मनोबल उच्च बनाएको बताउनुभएको छ । सोमबार मन्त्रालयमा नर्भिक इन्टरनेशनल अस्पताल तथा वसन्त चौधरी फाउण्डेशनले उपलब्ध गराएको स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले कोरोना विरुद्धको लडाईमा सबै मिलेर सफलता प्राप्त गर्न र जनताको मनोबल उच्च राख्न पनि यसले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री ढकालले प्राप्त साम्रगी तत्काल अभाव भएको ठाउँमा उपलब्ध गराउने उल्लेख गर्दै यसले स्वास्थ्य क्षेत्रमा कमा गरिरहेका व्यक्तिहरुको मनोबल माथि उठाउन सहयोग पुर्‍याउने बताउनुभयो । फाउण्डेशनले सरकारलाई ६० लाख बराबरको स्वास्थ्यजन्य सामग्री हस्तान्तरण गरेको हो । थ्री एम एन ९५ मास्क २ हजार थान, थ्री प्ले सर्जिकल मास्क ४८ हजार थान र मेडिकल कम्प्लिट सेट १ हजार थान उपलब्ध गराएको हो ।

सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा फाउण्डेशनले यसअघि नै ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । अस्पतालले चैत मसान्तसम्म सबै विरामीलाई उपचारमा २० प्रतिशत छुट दिने जनाएको छ ।

भिडियाे